भारतमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै — OSNepal

भारतमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै

LC (KTM) August 13, 2021 0

काठमाडौँ- भारतमा संक्रमित भन्दा निको हुनेको संख्या बढ्न थालेको छ।पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा ४० हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सोही अवधिमा ४१ हजार ७०९ जनाले कोरोना जितेका छन् ।

भारतमा पछिल्लो एक साताको तथ्यांक हेर्दा संक्रमणदरमा केही कमी आएको बताइएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २१ लाख १७ हजार ५२ पुगेको छ ।

अहिलेसम्म ३ करोड १२ लाख ९४ हजार ३१८ जनाले कोरोनालाई जितेका छन् ।४ लाख ३० हजार २८५ जना संक्रमितको मृत्यु भएको छ ।भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ९२ हजार ४४९ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर