संसारकै सानो शिशूको जन्म , जन्मदा २१२ ग्राम , १३ महिना आइसीयुमा राखेर ६ किलो बनाएर घर फर्काइयो — OSNepal

संसारकै सानो शिशूको जन्म , जन्मदा २१२ ग्राम , १३ महिना आइसीयुमा राखेर ६ किलो बनाएर घर फर्काइयो

LC (KTM) August 13, 2021 0

संसारमा अचम्मको घटनाहरु घट्ने गरेका छन् । जसलाई हामीले स्वीकार गर्न एकदमै मुस्किल पर्छ । सिंगापुरमा यस्तै घटना घटेको छ जस्ले संसारलाई चकित बनाईदिएको छ । सामन्यतया एउटा शिशू जन्मीन को लागि ९ महिना पुग्नु पर्छ ।

त्यस बाहेक ७ महिना देखी नै पनि शिशूहरु जन्मिएका प्रशस्तै उदाहरणहरु रहेका छन् । तर सिंगापुरमा एक आमाले २५ हप्तामै एक नवजात शिशूलाई जन्म दिएको घटनाले बिश्वमा लाई आश्चर्यमा पारेको छ । जन्म हुँदा संसारकै सबैभन्दा सानो भनिएकी ती नवजात शिशुलाई सिङ्गापुरमा १३ महिना आइसियुमा राखेर उपचार गरेर अस्पतालबाट घर पठाइएको घटनाले अहिले बिश्व जगत अचम्मित भएको छ।

ति नवजात शिशूको नाम क्वेक यु सुआन रहेको छ । उनको जन्मदा तौल २१२ ग्राम अर्थात् एउटा स्याउको जति र लम्बाइ २४ सेन्टिमिटर रहेको थियो ।उनकी आमा गर्भवती भएको बेला उनलाई रक्तचाप अत्याधिक बढेर प्री इक्ल्याप्सीआ नामको समस्या उत्पन्न भएको थियो ।

यस्तो बेलामा बच्चा र आमा दुबैजनालाई क्षती पुग्ने भएपछि शिशुलाई अपरेसन गरेर बाहिर निकालिएको थियो । जन्मेको १३ महिना सम्म आइसीयुमै राखेर ति शिशुको उपचार गरिएको थियो । जब घर लैजान चिचित्सकले सुझाव दिएका थिए तब उनको तौल ६ किलो ३०० ग्राम पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर