८ ग्राम तौल भएको यो सानो चमेरोले २ हजार १८ किलोमिटर उडेर रेकर्ड बनायो , रेकर्ड बनाए लगत्तै बिरालोको आक्र मणमा मारियो — OSNepal

८ ग्राम तौल भएको यो सानो चमेरोले २ हजार १८ किलोमिटर उडेर रेकर्ड बनायो , रेकर्ड बनाए लगत्तै बिरालोको आक्र मणमा मारियो

LC (KTM) August 13, 2021 0

कहिले काही जीवहरुले पनि अनौठो रेकर्ड बनाउने गरेका छन् । कोषौ टाढाबाट उडान भरेर जीवहरु आउने जाने गरेको त हामीले सुन्दै नै आएका छौ । तर यसपाली भने एउटा चमेरोले अचम्मको रेकर्ड बनाएको छ ।

एउटा चमेरो जो अहिले सामाजिक सञ्जाल तथा इन्टरनेटमा भाइरल भएको छ । कारण उक्त सानो चमेरोले २ हजार १८ किलोमिटर उडेर रेकर्ड बनाएको हो । उक्त चमेरो लन्डनबाट रुस पुगेको थियो । तर दुःख लाग्दो कुरा उक्त सानो पोथी चमेरो बिरालोको आक्रमणमा मारिएको छ। साधरणतया मान्छेको बूढीऔँला जत्रो मात्र आकारको नाथुसिअस पिपिस्ट्रेल चमेरो रुसको पस्कोफ क्षेत्रमा देखिएको थियो।

पस्फोक क्षेत्रमा भेटिएको उक्त चमेरोको पखेटामा लन्डन चिडियाखानाको सङ्केत चिह्न देखेपछि त्यसलाई उद्धार गरिएको थियो । उद्धार गरेको केही समय पछि उक्त चमेरोको मृ त्यु भयो । बेलायत बाट रुस सम्म यात्रा गरेको उक्त चमेरोले युरोपमा सबैभन्दा लामो यात्रा गरेको कीर्तिमान राखेको छ । उक्त चमेरोको तौल आठ ग्राम मात्र रहेको थियो ।

उक्त चमेरोलाई रुसको एउटा सानो गाउँ मोल्गिनोकी बासिन्दा स्भेट्लाना लापिनाले फेला पारेकी थिइन्।यसअघि एउटा चमेरोले सन् २०१९ मा त्यो लाट्भिआबाट स्पेनसम्म २,२२४ किलोमिटर यात्रा गरेर कीर्तिमान बनाएको थियो। अब उक्त कीर्तिमान भंग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर