रोल्पामा एम्बुलेन्स सडकबाट ७०० मिटर तल बजारियो,३७ वर्षीय ओमप्रकाशको मृत्यु,एक जना गम्भिर घाइते — OSNepal

रोल्पामा एम्बुलेन्स सडकबाट ७०० मिटर तल बजारियो,३७ वर्षीय ओमप्रकाशको मृत्यु,एक जना गम्भिर घाइते

LC (KTM) August 14, 2021 0

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर