शीघ्र स्खलन र यौनजन्य रोगबाट बचाउने तुलसी सेवनका यि हुन् चमत्कारिक फाइदा — OSNepal

शीघ्र स्खलन र यौनजन्य रोगबाट बचाउने तुलसी सेवनका यि हुन् चमत्कारिक फाइदा

LC (KTM) August 15, 2021 0

काठमाडौं । अधिकांश हिन्दु धर्मावलम्बीहरुको घरमा धार्मिक हिसाबले राखिने गरिन्छ तुलसीको मठ । धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिने तुलसी मानव स्वास्थ्यका लागि लाभकारी हुन्छ । तुलसीमा औषधिको गुण हुन्छ । दिनहुँ तुलसीको पात सेवन गरेमा केही बिरामीबाट बच्न सकिन्छ । तुलसी सेवनले निमोनिया लाग्नबाट बचाउँछ । यदि तपाईलाई चिसो लागेको छ भने पनि कफ निकाल्न सहयोग गर्छ । यसले छातीको दुखाई पनि कम गराउँछ ।

तुलसीको सेवनले ज्वरोको समस्या देखा पर्दैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिएमा त्यसले निकै फाइदा गर्छ । मुटु रोग भएका मानिसहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नु उत्तम मानिन्छ । घाउ खटिरा आउँदा पनि तुलसीले राम्रो काम गर्छ । घाउ भएको ठाउँमा तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा चाँडै निको हुन्छ ।

यसले मुखको दुर्गन्ध हटाउन सहयोग गर्छ । नियमित रुपमा बिहान तुलसीको पात खाएमा मुखको दुर्गन्ध हटाउँछ । यसको सेवनले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मदत गर्छ । यसका लागि तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर पिउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर