दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा दैनिक संक्रमण दर घट्दै — OSNepal

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा दैनिक संक्रमण दर घट्दै

LC (KTM) May 18, 2021 0

काठमाडौँ- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा केही दिन यतिा संक्रमितको दैनिक वृद्धिमा कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६३ हजार ६५ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।संक्रमितको दर घटे पनि मृत्युदर भने  घटेको छैन । अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृ त्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ३४० जनाको मृ त्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृ त्यु हुनेको संख्या २ लाख ७८ हजार ७५१ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा २ करोड १५ लाख ९० हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख ५९ हजार २१६ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर