लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक : गोकर्ण विष्ठ — OSNepal

लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक : गोकर्ण विष्ठ

LC (KTM) August 17, 2021 0

काठमाडौं १ भदौ । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले गवठन्धन सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेको विरोध गरेका छन् ।

आज मंगलबार मनित्रपरिषद्को बैठकले ल्याएको अध्यादेशनको विषयमा नेता विष्ठले सामाजिक सञ्जाल मार्फत विरोध जनाएका हुन् ।

लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक भएको उनको तर्क रहेको छ ।

यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ उनले भनेका छन् ।

यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने बताउँदै विष्ठले यस प्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ भन्दै आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन् ।“लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ,”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर