ओलीको जालझेलमा अल्झेर बस्दैनौं,आज रातिसम्म पनि ओली नसच्चिएर नयाँ पार्टी दर्ता हुन सक्छ — OSNepal

ओलीको जालझेलमा अल्झेर बस्दैनौं,आज रातिसम्म पनि ओली नसच्चिएर नयाँ पार्टी दर्ता हुन सक्छ

LC (KTM) August 17, 2021 0

काठमाडौँ १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसद विरोध खतिवडाले पार्टी विभाजन हुन सक्ने बताएका छन् ।

दल विभाजन सम्बन्धि अध्यादेश जारी भएसँगै छलफलमा जुटेको नेपाल समुहको बैठक सकिए लगत्तै सांसद खतिवडाले आज राति सम्म अध्यक्ष केपी ओली नसच्चिए पाटपर्् विभाजन हुने बताएका हुन् ।

अध्यादेशले २० प्रतिशत भए पनि पुग्ने गरि आएको छ, हाम्रो पक्षमा ३०–४० प्रतिशत नै छ, भएकाले यो अध्यादेश महन्थ ठाकुरहरूलाई सजिलो हुने गरी आएको हुन सक्ने उनले बताएका छन् ।
‘हामी ओलीको जालझेलमा अल्झेर बस्दैनौं, आज रातिसम्म केपी ओली सच्चिएर सबै निर्णयबाट व्याक हटेर चर्चामा आएका मागहरू सम्बोधन भए पार्टी दर्ता नहुन पनि सक्छ ।’ बैठक पछि खतिवडाले भने ।

ओली आफ्नो निणर्यबाट ब्याक भए एकता हुन सक्ने उनेको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर