सत्तापक्षबाटै राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध — OSNepal

सत्तापक्षबाटै राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध

LC (KTM) August 17, 2021 0

काठमाडौं १ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता शेखर कोइरालाले आफ्नै सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेश प्रति आपत्ती जनाएका छन् ।

सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्नेमा राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएकोले यो भुल प्रधानमन्त्री बाट भएकोमा यो संस्कार कांग्रेस नभएको कोइरालाले भनेका छन् ।

उनले ट्वीटरमा ट्वीट गर्दै भनेका छन् ,’सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो। यो कांग्रेसको संस्कार होइन।’

सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ भनेका कोइरालाले तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न भने नसकिने बताएका छन् ।

कोइरालाको टुवीट : सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न।
सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो। यो कांग्रेसको संस्कार होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर