ओलीले ल्याउँदा प्रतिकार गर्ने अहिले आफै संसद अधिवेसन अन्त्य गरेर दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने ? — OSNepal

ओलीले ल्याउँदा प्रतिकार गर्ने अहिले आफै संसद अधिवेसन अन्त्य गरेर दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने ?

LC (KTM) August 17, 2021 0

काठमाडौँ १ भदौ । सतारुढ दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता प्रदिप पौडेलले असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो भन्दै आफ्नै सरकारको निणर्य प्रति विरोध जनाएका छन् ।

हिजो नेकपा एमाले सरकारको नेर्तत्व रहेको बेला अध्यक्ष केपी ओलीले संसद छलेर अध्यादेश ल्याउदा हामी प्रतिपक्षमा उभिएर उनले गलत गरे भन्दै त्यसको डटेर प्रतिकार गर्यौं । आज संसद अधिवेसन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक नभएको पौडेलको दावी रहेको छ ।

उनले भनेका छन् ,’हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौं । आज संसद अधिवेसन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन’ ।

आज मंगलबार बसेको सरकारको मन्त्रिपरिषदको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको छ ।

उनले लेखेका छन्,“हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौं । आज संसद अधिवेसन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन ।असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर