गठवन्धन सरकारलाई रावलको प्रश्न : २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? — OSNepal

गठवन्धन सरकारलाई रावलको प्रश्न : २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?

LC (KTM) August 18, 2021 0

काठमाडौं २ भदौ । नेकपा एमालेका नेता भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको टिप्पणी गरेका छन् ।

गठवन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेपछि नेता रावलले यस्तो प्रतिक्रिया दिएका हुन् । विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किनरु भन्दै प्रश्न गरेका रावलले भनेका छन्, २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन

उनले लेखेका छन् , ‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किनरु २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर