जसपाको आधिकारिता उपेन्द्र समूहले पाएपछि ठाकुर समूह नयाँ दल दर्ताका निर्वाचन आयोगमा — OSNepal

जसपाको आधिकारिता उपेन्द्र समूहले पाएपछि ठाकुर समूह नयाँ दल दर्ताका निर्वाचन आयोगमा

LC (KTM) August 18, 2021 0

काठमाडौं, २ भदौ – जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर समूह नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ । जसपाको आधिकारिता उपेन्द्र यादव समूहले पाएपछि ठाकुर समूह नयाँ दल दर्ताका निर्वाचन आयोग पुगेको हो । सो समूहले महन्थ ठाकुरको अध्यक्षतामा जपसा लोकतान्त्रिक पार्टी दर्ता गर्न लागेको हो ।

अहिले ठाकुर समूहले आगोगका पदाधिकारीसँग छलफल गरिरहेको छ । आगोगका पदाधिकारीसँगको छलफलपछि नयाँ दल दर्ताका लागि निवेदन दिने तयारी ठाकुर समूहले गरेको छ । नयाँ पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतो छन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ । ठाकुर समूहले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेका छन् ।

बुधबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०६८ जारी भएसँगै ठाकुर समूह नयाँ दल दर्ता गर्न आयोग पुगेको हो । जारी अध्यादेशमा पार्टीको केन्द्रीय समिति वा संसदीय दल २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । सो अध्यादेशको आधारमा ठाकुर समूहले नयाँ दल दर्ता गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर