'एमाले समाजवादी' दल दर्ताका लागि निवेदन दिन पुगे नेपाल समुह निवार्चन आयोग , रावलसहित यी नेताले छाडे नेपालको साथ — OSNepal

‘एमाले समाजवादी’ दल दर्ताका लागि निवेदन दिन पुगे नेपाल समुह निवार्चन आयोग , रावलसहित यी नेताले छाडे नेपालको साथ

LC (KTM) August 18, 2021 0

काठमाडौँ २ भदौ । नेकपा एमालेका नेता माधव नेपाल समुह अन्तत एमाले समाजवादी को नाममा नयाँ दल दर्ता गर्न निवार्चन आयोग पुगेका छन् ।

नयाँ दलमा अब माधव नेपाल अध्यक्ष हुन्छन् भने वरिष्ठ नेतामा झलनाथ खनाल हुने भएका छन् । नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आयोगमा आवदेन दिएका हुन् ।
आयोग पुगेका नेता राजेन्द्र पाण्डेले एमालेभित्र ओलीले गरेको व्यवहार, संसदलाई पटक पटक भंग गर्ने कामले गर्दा यो अवस्थामा आएको बताएका छन् ।

संसद् र संविधानको रक्षाका लागि पटक पटक आवाज उठायौँ । कतैबाट पन सम्भव नभएपछि नयाँ दल एमाले समाजवादी दर्ता गरेका छौँ । चाँडै नै राष्ट्रिय सम्मेलन पनि गर्ने उनले जनाएका छन् ।

साथै नेपालको भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले साथ छोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर