माधवकुमार नेपाललाई अहिलेसम्मकै कडा झड्का, परिवारकै सदस्यले पनि छाडे साथ — OSNepal

माधवकुमार नेपाललाई अहिलेसम्मकै कडा झड्का, परिवारकै सदस्यले पनि छाडे साथ

LC (KTM) August 19, 2021 0

काठमाडौं-नेकपा एमालेका विभाजन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता प्रक्रिया अगाडि बढाएपछि उनको साथ छोड्नेको संख्या बढ्दो छ ।

खासगरी एमाले जोगाउने कसरतमा रहेका कार्यदलका सदस्य भीम रावलसहित नेताहरु नेपाललाई साथ नदिने निष्कर्षमा पुगेका छन् । अरु त अरु नेपाललाई उनकै सम्धी सोमप्रसाद पाण्डेयले साथ नदिने भएका छन् ।

नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पेस गरिएको केन्द्रीय समितिको नामावलीमा पाण्डेयको नाम छैन ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ सदस्य रहनेगरी प्रस्तावित केन्द्रीय समितिमा पाण्डेयको नाम छैन । पाण्डेयले नयाँ पार्टी खोल्ने निर्णयमा असन्तुष्टि जनाएका हुन् । एमालेमै रहेर अध्यक्ष केपी ओलीविरुद्ध संघर्ष गर्नेपर्ने उनको मान्यता रहिआएको छ ।

माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादी पार्टीमा प्रदीप नेपालले भने साथ दिएका छन् । उनको नाम केन्द्रीय सदस्यको सूचीमा समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर