नेपालले नयाँ दल दर्ता गरेसँगै मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न देउवा प्रचण्ड र नेपालबिच भेटवार्ता — OSNepal

नेपालले नयाँ दल दर्ता गरेसँगै मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न देउवा प्रचण्ड र नेपालबिच भेटवार्ता

LC (KTM) August 19, 2021 0

काठमाडौँ ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
नयाँ दल दर्ता गर्न निवार्चन आयोगमा निवदेन दिएपछि अध्यक्ष नेपाल पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसँग भेटवार्त गरेका हुन् । नयाँ दल दर्ता गरेसँगै सरकारमा सहभागी हुने विषयमा छलफल गर्न भेटवार्ता भएको जनाइएको छ ।

नेपाललाई सरकारमा सहभागी गराउन सरकारको नेतृत्व गरेको एक महिना सम्म पनि मन्त्रिपरिषद् विस्तार नगरेका देउवाले आज यस विषयमा पनि छलफल गर्ने भएका छन् । भेट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर