कस्ले जित्ला ‘मिसेस नेपाल ग्ल्याम’को ताज — OSNepal

कस्ले जित्ला ‘मिसेस नेपाल ग्ल्याम’को ताज

LC (KTM) August 19, 2021 0

काठमाडौँ । दोस्रो लहरको कोरोनाको कारण प्रभावित भएको सौदर्य प्रतियोगीता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा यहि १२ भदौमा आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जानकारी दिएको छ ।प्रतिस्पर्धामा यो पटक शान्ति मगर लिम्बु , रमिता यादव, शोभा शाही, रंगा लक्ष्मी फुयाल, अन्जना खड्का, बवि शाह, सुनिता श्रेष्ठ, सरिता श्रेष्ठ, उर्मिला कार्की र कल्याणी सुवाल लगायत एक दर्जन महिला उपाधिका लागि भिड्दैछन् ।

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविस्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती कार्कीले बताइन् ।सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धाका लागि प्रतियोगी तयार रहेको कार्यक्रम संयोजक आकाश गिरीले बताए ।

कार्यक्रममा कोरोना कारणले रोकिएको ट्यालेन्ट राउण्ड समेत आयोजना हुनेछ ।शीर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् । आश्विनी नेपालका चर्चित तथा सबै भन्दा व्यास्त कोरियोग्राफर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर