संसारकै अग्लो टावर बुर्ज खलिफाको टुप्पोमा संयुक्त अरब इमिरेट्स एयरलाइनको बिज्ञापन गर्ने यी साहसी महिला को हुन् ? — OSNepal

संसारकै अग्लो टावर बुर्ज खलिफाको टुप्पोमा संयुक्त अरब इमिरेट्स एयरलाइनको बिज्ञापन गर्ने यी साहसी महिला को हुन् ?

LC (KTM) August 19, 2021 0

इमिरेट्स एयरलाइन द्धारा जारी गरिएको नयाँ बिज्ञापन , जसमा दुबईको बुर्ज खलीफाको सबैभन्दा माथि एक महिला उभिएकी छिन् । उनी अहिले इन्टरनेटमा भाइरल भएकी छिन् । संयुक्त अरब इमिरेट्स एयरलाइनको यस बिज्ञापन लाई सामाजिक सञ्जालमा लाखौ पटक हेरिएको छ ।

बिशेष गरेर ति महिलाको बारेमा जान्नका लागि संसारनै उत्सुक रहेको छ । जसले संसारकै सबैभन्दा अग्लो भवन ८२८ मीटर उचाईमा उभिने साहस गरेकी छिन् । बुर्ज खलीफाको उक्त भवनको माथि उभिने महिलाको नाम निकोल स्मिथ लुडविक रहेको छ ।

निकोल एक पेशेवर स्काइडाइभिङ प्रशिक्षक रहेकी छिन् जो बिज्ञापनका इमिरेट केबिन क्रु सदस्यको रुपमा देखिएकी छिन् । इन्ष्टाग्राममा निकोलको १७ हजार भन्दा अधिक फलोअर्स रहेका छन् । उनले आफ्नो बायोमा बिश्व यात्री, स्काइडाइभर, योग प्रशिक्षक, हाइकर तथा एडभेन्चरको रुपमा चिनाएकी छिन् ।

उनले आफ्नो बायोमा अमेरिकी लेखक हेलेन केलरको नोट लेखेकि छिन्– जीवन एक साहसीक कार्य हो नत्र केही हैन । उनले संसारकै अग्लो स्थानमा रहेर बिज्ञापन शुट गरेपछि अहिले संसारभर उनको साहसीक कामको चर्चा चुलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर