कोरोनाले गर्दा अभिभावक गुमाएका दुई बालबालिकाको जिम्मा लिँदै महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग — OSNepal

कोरोनाले गर्दा अभिभावक गुमाएका दुई बालबालिकाको जिम्मा लिँदै महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग

LC (KTM) May 18, 2021 0

काठमाडौं- भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड कलाकारहरु सहयोगी हातहरु अघि बढाइरहेका छन्। जसमध्ये एक हुन् अभिनेता अमिताभ बच्चन । उनले कोरोना महामारीबिच पीडितको लागि १५ करोड सहयोग गरेका छन्। उनको यो कामको चौतर्फी चर्चा भइरहेको छ ।

उनलाई महामारीको बेला केही पनि सहयोग नगरेको भनि आरोप आइरहेका बेला एकै पटक उनले यति मोटो रकम सहयोग गरेका हुन् ।उनले लेखेका छन्, ‘कोरोनाको यस लडाईंमा धेरैले सहयोग गरिरहेका छन्। मानिसहरूलाई केवल दिल्लीको कोभिड केयर सेन्टरलाई दिएको २ करोड रुपैयाँ मात्र थाहा छ। तर महामारीबि च मेरो योगदान करिब १५ करोड भएको छ।

यस्ता तथ्यांकहरुले आफूलाई फरक नपर्ने उनी बताउँछन्। व्यक्तिगत कोषबाट अरू केहि खर्च गर्नुपर्‍यो भने सधै सहयोग गर्ने उनले बताएका छन् । भन्छन्, ‘म काम गर्दछु, कडा परिश्रम गर्दछु र मेरो कमाई जसलाई जरुरी छ, उनमा खर्च गर्न संकल्प गर्दछु र रकम दिन सक्षम पनि छु। यस्तो समयमा यदि मैले मेरो व्यक्तिगत कोषबाट अरू केहि खर्च गर्नुपर्‍यो भने म सहयोग गर्न सधै तयार छु।’

यसका साथै उनले कोरोनाले गर्दा अभिभावक गुमाएका दुई बालबालिकाको जिम्मासमेत लिएका छन्। बलिउडमा कोरोना महामारी धेरै कलाकारहरुले सहयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर