जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको जीप ५०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमा नै मृ त्यु — OSNepal

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको जीप ५०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमा नै मृ त्यु

LC (KTM) May 18, 2021 0

दुल्लु, ४ जेठ-कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृ त्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो । ब्रेक फेल भई जीप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृ त्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार जीपमा दुईजना मात्र सवार रहेका थिए । निषेधाज्ञाको बेला सो जीप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर