भारतमा ह्वात्तै घट्यो कोरोना संक्रमणको दर : संक्रिय संक्रमित ६ महिनायताकै कम , ३७५ जनाको मृत्यु — OSNepal

भारतमा ह्वात्तै घट्यो कोरोना संक्रमणको दर : संक्रिय संक्रमित ६ महिनायताकै कम , ३७५ जनाको मृत्यु

LC (KTM) August 21, 2021 0

नयाँदिल्ली- भारतमा तेस्रो लहरको कोभिड १९ संक्रमितले मर्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा ३७५ जना संक्रमितको ज्यान गएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले जनाएको छ ।३४ हजार ४५७ संक्रमित थपिएका छन् । तथ्यांकअनुसार भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६१ हजार ३४० छ । जो पछिल्लो १५१ दिनमा सबैभन्दा कम हो ।

यो पनि : तनहुँमा स्थानीय तहको अनियमित खर्च बढ्दै, महिलाले हाँकेको पालिकामा कम खर्च : जिल्लाकै पुरानो व्यास नगरपालिकामा बेरुजुको चाङ देखिन्छ । महिला प्रमुखले हाँकेको म्याग्दे गाउँपालिकाले ९ स्थानीय तहको तुलनामा नियम विपरीत कम खर्च गरेको पाइएको छ ।
तनहुँमा स्थानीय तहको अनियमित खर्च बढ्दै, महिलाले हाँकेको पालिकामा कम खर्च

तनहुँमा स्थानीय तहको अनियमित खर्च बढ्दै, महिलाले हाँकेको पालिकामा कम खर्च : तनहुँका स्थानीय तहले ३४ करोड रुपैयाँ बढी नियम विपरीत खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ बार्षिक प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६/७७ मा यहाँका स्थानीय तहले ३४ करोड ४९ लाख १ हजार रुपैयाँ अनियमित गरेका हुन् । जिल्लाका १० स्थानीय तहको १२ अर्ब ३० करोड ३३ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा बेरुजु रकम २.८० प्रतिशत देखिन्छ ।

२०७५/७६ मा महालेखाको प्रतिवेदनमा तनहुँका स्थानीय तहको बेरुजु ३८ करोड २२ लाख रुपैयाँ थियो । यसको तुलनामा पछिल्लो बर्ष ३ करोड ७२ लाख ८८ हजार रुपैयाँ बेरुजु घटेको हो । आर्थिक वर्ष २०७४/७५ मा स्थानीय तहको बेरुजु १५ करोड रुपैयाँ मात्रै थियो । त्यसपछिका बर्षमा बेरुजु रकम निरन्तर उकालो लागेको देखिन्छ ।

सबैभन्दा बढी जिल्लाको पहिलो नगरपालिका व्यासमा बेरुजुको चाङ छ । महालेखाको प्रतिवेदनमा १३ करोड ५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ । व्यासको २ अर्ब ६४ करोड ३ लाख ८७ हजार रुपैयाँ लेखा परीक्षण गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकाको १ अर्ब ८० करोड ५० लाख ६ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ७ करोड १३ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ । भानु नगरपालिकाको बेरुजु ७६ लाख ८८ हजार रुपैयाँ मात्रै देखिन्छ । भानुको १ अर्ब ५७ करोड ९७ लाख रुपैयाँको लेखापरीक्षण गरिएको हो ।

भिमादको १ अर्ब १३ करोड ६१ लाख ४६ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ७५ लाख ९५ हजार रुपैयाँ मात्र बेरुजु देखिन्छ । जिल्लाका ४ नगरपालिका मध्य सबैभन्दा कम बेरुजु भिमादमा पाइएको छ । भिमाद कान्छो नगरपालिका हो ।

गाउँपालिकातर्फ ऋषिङमा धेरै बेरुजु देखिन्छ । ९९ करोड ५ लाख ६७ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ४ करोड ३४ लाख ७९ हजार रुपैयाँ अनियमित खर्च गरेको पाइएको छ । बन्दीपुरको बेरुजु २ करोड २१ लाख २७ हजार रुपैयाँ छ । ८५ करोड १३ लाख ४४ हजार रुपैयाँको लेखापरिक्षण गरिएको थियो । घिरिङको ७१ करोड ८५ लाख ३८ हजार रुपैयाँ लेखा परीक्षण हुँदा करोड ८० लाख ८ हजार रुपैयाँ नियमविपरीत खर्च गरेको महालेखाले औंल्याएको छ । आँबुखैरेनीको ९५ करोड ४६ लाख ४७ हजार रुपैयाँको लेखापरीक्षण भएकोमा २ करोड ४७ लाख ३६ हजार रुपैयाँ बेरुजु देखिन्छ । देवघाटको बेरुजु ५५ लाख ९८ हजार रुपैयाँ रहेको छ । ७७ करोड ५५ लाख ९० हजार रुपैयाँ महालेखाको कार्यालयले लेखा परिक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर