देउवाले बामदेव गौतमसहित यी चार जनालाई उपप्रधानमन्त्री बनाउँदै — OSNepal

देउवाले बामदेव गौतमसहित यी चार जनालाई उपप्रधानमन्त्री बनाउँदै

LC (KTM) August 21, 2021 0

काठमाडौं ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चार जनालाई उपप्रधानमन्त्री बनाउने भएका छन् ।

एक जनालाई मात्र बनाउँदा गठवन्धन सरकारमा असर पर्ने भएकाले प्रधानमन्त्री देउवाले माधव नेपाल समूहबाट बामदेव गौतम, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै सरकारमा सहभागी गराउ नेभएका हुन् । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सहभागी हुनेलाई उपप्रधानमन्त्री बनाउने जनाइएको छ ।

स्रोतको अनुसार आउँदो शुक्रबारसम मन्त्रिपरिषद्लाई पुणर्ता दिने तयारीमा देउवा लागि परेका छन् । नेपालको आग्रहअनुसार दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिएका प्रधानमन्त्री देउवाले नेपाल समुहको नेकपा( एकीकृत समाजवादी) पार्टीको निर्वाचन आयोगमा सनाखत हुनेबित्तिकै सरकारलाई पूर्णता दिने निश्कर्ष पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर