अब एमाले चम्किलो बलियो र पहिलो पार्टी हुन्छ : टोपबहादुर रायमाझी — OSNepal

अब एमाले चम्किलो बलियो र पहिलो पार्टी हुन्छ : टोपबहादुर रायमाझी

LC (KTM) August 21, 2021 0

काठमाडौं ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा चम्किलो बलियो र पहिलो पार्टी हुने दाबी गरेका छन् ।

केपि ओलि नेतृत्वको एमाले निकट अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने अवस्था सिर्जना भएकाले एमाले अहिलेको भन्दा पनि चम्किलो बलियो र पहिलो पार्टी हुने बताएका हुन् ।

उनले एमाले सबै प्रकारका षडयन्त्रको विरुद्ध उत्रने बताए । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न गरेको भन्दै प्रतिगामी कदम बिरुद्ध शसक्त भएर लाग्ने बताए ।
नेता रायमाझीले सत्तापक्षबाट २०% को अध्यादेशले राजनीतिक हैसियत जनताले बुझिसकेको दाबी गर्दै आफ्नो लागी ढुब्ने खाल्डो आफ्नै खनेको बताएका थिए । माइतीघर मण्डलामा अध्यादेश खारेजीको माग गर्दै अनेरास्ववियुलको विरोध प्रदर्शनमा टोपबहादुर रायमाझी, ऐन महर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर