गठवन्धनको सरकार प्रति आशंका व्यक्त गर्दै शाक्यले भनिन् - एमालेले मात्र मुलुकलाई निकासा दिन सक्छ — OSNepal

गठवन्धनको सरकार प्रति आशंका व्यक्त गर्दै शाक्यले भनिन् – एमालेले मात्र मुलुकलाई निकासा दिन सक्छ

LC (KTM) August 21, 2021 0

काठमाडौँ ५ भदौ । वाग्मती प्रदेशकी मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ रहेको खुलासा गरेकी छन् ।

आज शनिबार एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएकी शाक्यले यस्तो खुलासा गरेकी हुन् ।

दुवै नेताको साथ सहयोगले नै मुख्यमन्त्री बनेको बताएकी उनले कार्यक्रममा भनिन्,’लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नु भयो, यो गलत कुरा हो । गलत सन्देश दिने काम नगरी दिनुहोस् ।’

उनले गठवनधन सरकार प्रति लक्षित गर्दै एमालेले मात्र मुलुकलाई अगाडी बढाउन सक्ने दावीका साथ अब पार्टी एकताको विकल्प नभएको समेत खुसाला गरेकी छन् ।

अध्यक्ष केपी ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए लगत्तै पार्टी एकता हुने दावी गरेकी शाक्यले भनिन् ‘हामी एकताको पक्षमा छौं । मलाई दृढ विश्वास छ–केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढनेछ । त्यसका लागि १० बुँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन हाम्रो नेतृत्वले मन फराकिलो बनाएर नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भन्नु भयो भने स्थिति उथलपुथल हुन्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर