नेपाललाई साथ छाडेका भनिएका नेताहरू अबको पाँच दिनमा आफूहरूकै पार्टीमा आउने मेटमणीको दावी — OSNepal

नेपाललाई साथ छाडेका भनिएका नेताहरू अबको पाँच दिनमा आफूहरूकै पार्टीमा आउने मेटमणीको दावी

LC (KTM) August 21, 2021 0

काठमाडौँ ५ भदौ । निवार्चन आयोगमा सनाखत हुनबाँकी नयाँ पार्टीका (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले नेकपा उमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसकेपछि नयाँ पार्टीको सिर्जना भएको बताएका हुन् ।

आज शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौधरीले आयोगमा दर्ता भएलगत्तै सरकारमा जाने प्रस्ष्ट पारेका छन् ।

अबको पाँच दिन भित्र सबै नेताहरु आफ्नो नयाँ पार्टीमा आउने दावी गरेका चौधरीले कार्यक्रम भनेका छन्, ‘पाँच दिन भित्र सबै जना उहाँहरू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ,निर्वाचन आयोगले नौ गते सनाखतका लागि बोलाएको छ, त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ र हामी सरकारमा जान्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर