वामदेव गौतम नेकपा एमालेमै भएको भन्दै सचिवालयले गरायो ध्यानाकषर्ण — OSNepal

वामदेव गौतम नेकपा एमालेमै भएको भन्दै सचिवालयले गरायो ध्यानाकषर्ण

LC (KTM) August 22, 2021 0

काठमाडौँ ६ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम एमालेमा नै रहेको जानकारी उनको सचिवालयले दिएको छ ।

गौतमको सचिवालयले दिएको जानकारी अनुसार सञ्चार मध्यममा आएका समाचार गलत भएको भन्दै गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा नगएको स्पष्ट पारेको छ । गौतम उपप्रधानमन्त्री बन्दै भनएी आएको समाचारमा सत्यता नभएको समेत सचिवालयले जनाएको छ ।

सामाजिक सञ्जाल मार्फत गौतमको स्वकीय सचिव दीपक टमटाले लेखेका छन् , आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन ।

‘क वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले)को नेतृत्वको कार्य शैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा स्वभाविक हो । तसर्थ, अन्य खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर