माओवादी केन्द्र रोजेकी सांसद विमला वली एमालेकै सांसद रहेको प्रमाण भेटियो — OSNepal

माओवादी केन्द्र रोजेकी सांसद विमला वली एमालेकै सांसद रहेको प्रमाण भेटियो

LC (KTM) August 22, 2021 0

काठमाडौं- विमला वली एमालेकै सांसद रहेको प्रमाण भेटिएको छ । एमालेले आफूसँग रहन दबाब दिए पनि नेकपा माओवादी केन्द्र रोजेकी सांसद वली एमालेकै सदस्य रहेको प्रमाण भेटिएको हो । उक्त प्रमाण प्रदेश सभाले फेला पारेको हो । एमालेले २०७७ चैत १५ गते प्रदेश सभा सचिवालयमा पेस गरेको विवरणमा एमालेका ४३ जना सांसदमध्ये विमला वली पनि समावेश देखिएको हो।

उनको नाम सबैभन्दा पुच्छार ४३ नम्बरमा उल्लेख छ। हाल लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल एमालेले वलीले दल त्याग गरेको भन्दै उनलाई कारबाही गर्न(सांसद पदबाट हटाउन) प्रदेश सभा संसद सचिवालयसँग माग गरिरहेको छ।

दाङ क्षेत्र नं ३ ९ख० बाट निर्वाचित वलीले गत वैशाख १९ गते पत्रकार सम्मेलन गरी आफू माओवादी केन्द्रमा रहेको जानकारी गराएकी थिइन्। एमालेले भने त्यस अघिसम्म उनी एमाले संसदीय दलको बैठकमा सहभागी भइरहेको बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर