वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमिततालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ : कोइराला — OSNepal

वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमिततालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ : कोइराला

LC (KTM) August 22, 2021 0

काठमाडौं ६ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमिततालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी भएको बताएका छन् ।

कोइरालाले ट्वीटर मार्फत महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक र्भसँगै बेरुजु र अनियमितताको अंक बढ्दो भएको भन्दै यस्तो बताएका हुन् । यदि यो सरकारले इच्छा शक्ति देखाए दुर्व काम गर्न सक्ने पनि उनले बताएका छन् ।

उनले भनेका छन्, ‘महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । बेरुजु र अनियमितताको अंक बढ्दो छ । वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमिततालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ । सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर