लुम्बिनी प्रदेशसभा सचिवालयले भन्यो - नेकपा एमालेका सासंद शाही रवलीलाई यसकारण पदमुक्त गर्न मिल्दैन — OSNepal

लुम्बिनी प्रदेशसभा सचिवालयले भन्यो – नेकपा एमालेका सासंद शाही रवलीलाई यसकारण पदमुक्त गर्न मिल्दैन

LC (KTM) August 22, 2021 0

बुटवल ६ भदौ । नेकपा एमालेका सासंद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।

पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै नेकपा एमालले कारवाही गर्न सभामुखसमक्ष पत्र बुझाइएको थियो । तर, संसद सचिवालयले पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले भन्दै पदमुक्त गर्न नमिल्ने जनाएको छ ।

प्रदेश सभा सचिवालयले कारबाहीमा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको जनाएको छ ।

पार्टीले दुवै सांसदलाई प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार कारवही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर