लुम्बिनी प्रदेशसभाका सांसदहरु शाही र वलीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले जनायो आपत्ती — OSNepal

लुम्बिनी प्रदेशसभाका सांसदहरु शाही र वलीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले जनायो आपत्ती

LC (KTM) August 22, 2021 0

बुटवल ६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेको भन्दै आपत्ती जनाएको छ ।

पार्टीको निर्देशन विपरित काम गरेको भन्दै कारवाही गरी पदमुक्त गर्न प्रदेश सचिवालयमा पत्र पठाइएको थियो । सचिवालयले कारवाही गर्न नमिल्ने भनेपछि नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एक विज्ञप्ती नै जारी गरी आपत्ती जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, ‘जबसम्म निज बिमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

सभामुख पूर्णबहादुर घर्तीलाई पदमा बस्न नमिल्ने भन्दै विज्ञप्तीमा भनिएको छ, ‘प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिदैन’ ।

‘लुम्बिनी प्रदेश सभाका माननीय सभामुख श्री पूर्णबहादुर घर्तीले सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम निजले पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँछौ । निज सभामुखले पद अनुकूल आचरण नगरेको व्यहोरा तल उल्लेखित निम्न प्रकरणहरुबाट समेत अवगत गराउन चाहन्छौ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर