साढे ७ करोडमा बिक्री हुदै चर्चित फुटबलर मेस्सीको आँसु , जुन टिश्युले आँसु पुछे त्यहि टिश्यु हुदैछ लिलामी — OSNepal

साढे ७ करोडमा बिक्री हुदै चर्चित फुटबलर मेस्सीको आँसु , जुन टिश्युले आँसु पुछे त्यहि टिश्यु हुदैछ लिलामी

LC (KTM) August 22, 2021 0

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले केही समय अधि सबैलाई आश्चर्यमा पारे । किनकी उनले बार्सिलोना छोड्ने निर्णय गरेका थिए । पत्रकार सम्मेलनका क्रममा मेस्सी बार्सिलोना बाट अलग हुँनु पर्दा एकदमै भावुक समेत भएका थिए । यसै बेला उनी रोएका समेत थिए ।

उनको यो निर्णय वास्तवमा मेस्सीका सबै फ्यान तथा प्रशंसकहरुका लागि एकदमै भावनात्मक क्षण रहेको थियो । यहि पत्रकार सम्मेलनमा जोडिएको एक खबरले सबैलाई अचम्ममा पारिदिएको छ । यो अचम्ममा पार्ने खबर भनेको उनले रुदा आँसु पुछेको टिश्यु पेपरको हो । उनले सम्मेलनमा पटक पटक सोही टिश्युले आफ्नो आँसु पुछिरहेका थिए ।

हो मेस्सीले प्रयोग गरेको यहि टिश्यु पेपर अब लिलाम गर्ने फैसला भएको छ । मेकिड्यो नामको वेबसाइटमा यसको लिलामी गरिने भएको छ । यसको मुल्य १ करोड डलर राखिएको छ । भारतीय रुपैया अनुसार ७ करोड ४४ लाख ४४ हजार ५५० रुपैया मुल्य रहेको छ ।

गल्फ टुडे रिर्पाेटका अनुसार मेसीले यस टिश्यु पेपरलाई डस्टबिनमा फ्याँके लगत्तै एक अपरिचित ब्यक्तिले उक्त टिश्यु भेला पारेका थिए । ति ब्यक्तिले यसलाई बेच्नका लागि धेरै लोकप्रिय वेबसाइटमा बिज्ञापन समेत गरेका थिए । साथै उनले एकदमै धेरै मुल्य माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर