लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको राजीनामा माग — OSNepal

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको राजीनामा माग

LC (KTM) August 22, 2021 0

काठमाडौँ ६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई मान्यता नदिएको भन्दै लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको राजीनामा माग गरेका छन् ।

सभामुख घर्तीले सांसद वली र शाहीलाई कारबाही गर्न नमिल्ने बताएपछि आज एमालेले आपत्ती जनाउँदै आज विज्ञप्ती समेत जारी गरेको छ ।

नेकपा(माओवादी केन्द्र)का प्रदेशसभा सदस्यहरूलाई पार्टीले निष्कासन गरेको २४ घण्टाभित्रै पदमुक्त गर्ने सभाुमखले एमालेले आफ्ना सांसदलाइ गरेको कारबाहीको गरेको मान्यता नदिएको भन्दै घर्तीको राजीनामा माग गरिएको हो ।

सभामुखले न्यायाधीशले झैँ फैसला गर्न नपर्ने भन्दै उनको राजीनामा माग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर