गठवन्धन सरकार विस्तारमा ढिलो भएको हो तर अब मात्र एक दुई दिनको कुरा हो : नारायणकाजी श्रेष्ठ — OSNepal

गठवन्धन सरकार विस्तारमा ढिलो भएको हो तर अब मात्र एक दुई दिनको कुरा हो : नारायणकाजी श्रेष्ठ

LC (KTM) August 22, 2021 0

काठमाडौँ ६ भदौ । नेकपा (माओवादी केन्द्र)का प्रवक्त नारायणकाजी श्रेष्ठले अब चाँडै गठवन्धन सरकारले पुर्णता पाउने बताएका छन् ।

माधव नेपालका नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएलगत्तै सरकारले पुर्णता पाउने श्रेष्ठको दावी रहेको छ । उनले आज आइतबार पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकमा भएको छलफलको विषयमा जानकारी गराउँदै यस्तो खुलासा गरेका हुन् ।

नेपाल पक्षको दल दर्ता प्रक्रियामा गइसकेकोले अब भदौ नौ गते निवाचएन आयोगले दलको सनाखत गर्न बोलाएको छ । ‘ढिलो त भइसक्यो, अब एकदुई दिनको कुरा हो’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर