माओवादी केन्द्रको बैठकको निष्कर्ष : मुलुकको आजको परिर्वतन आउनुमा आफ्नो पार्टीको मुख्य भुमिका रहेको छ — OSNepal

माओवादी केन्द्रको बैठकको निष्कर्ष : मुलुकको आजको परिर्वतन आउनुमा आफ्नो पार्टीको मुख्य भुमिका रहेको छ

LC (KTM) August 22, 2021 0

काठमाडौँ ६ भदौ । नेकपा (माओवादी केन्द्र)को स्यायी कमिटी बैठकले मुलुकको आजको परिर्वतन आउनुमा आफ्नो पार्टीको मुख्य भुमिका रहेको निष्कर्ष निकालेको छ ।

आज आइतबार पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए अनुसार आजको परिवर्तन ल्याउन माओवादी केन्द्रले मुख्य भूमिका खेलेको छ ।

शत्तिशाली पार्टी माओवादी पार्टी हुने दावी गरेका श्रेष्ठले भने, ‘हाम्रो पार्टी नै अहिलेको आवश्यकता अनुसार संविधान र लोकतन्त्रको रक्षा गर्दै, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवाद निर्माण गर्ने वैचारिक रूपले प्रष्ट र शक्तिशाली पार्टी हुने क्षमता राख्दछ’ ।

आफ्नो पार्टीले नै प्रतिगमनविरोधी संघर्षलाई अगाडि बढाउन र मोर्चा बनाउन पनि पहल गरेको समेत बताएका उनले अघि भने, ‘हाम्रो पार्टी नै त्यो मुख्य शक्ति हो, जसले नेपालको आजको परिवर्तन ल्याउन मुख्य भूमिका खेलेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर