निवार्चन आयोगले माग्यो प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग सांसदहरुको विवरण — OSNepal

निवार्चन आयोगले माग्यो प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग सांसदहरुको विवरण

LC (KTM) August 22, 2021 0

काठमाडौँ ६ भदौ । संसद् सचिवालयलाई प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग निर्वाचन आयोगले पार्टीमा भएका सबै सांसदहरुको संख्या खुलाउन माग गरेको छ ।

प्रस्तावित पार्टीसँग अध्यादेश वमोजिम २० प्रतिशत सांसद छ छैन भनेर जानकारी दिन आयोगले पत्र पत्राचार गरेको हो । यसैगरी , आयोगले दल दर्ताका लागि आएका सबै सांसदहरूको नामावली पनि संसद् सचिवालयमा पठाएको छ ।

संसद् सचिवालयले प्रस्तावित पार्टीका सांसदहरू पदमुक्त भएको जानकारी गराए सँगै आयोगले पनि केन्द्रीय समितिको २० प्रतिशतबाट दल दर्ता गराउने तयारी गरेको जनाइएको छ ।

भदौ नौ गते आयोगले दल सनाखतको लागि नेपाल पक्षलाई बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर