कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले पाँच दिन पछि आज बुझायो सभापति देउवालाई प्रतिवेदन — OSNepal

कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले पाँच दिन पछि आज बुझायो सभापति देउवालाई प्रतिवेदन

LC (KTM) August 23, 2021 0

काठमाडौँ ७ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले आज सोमबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका देउवालाई उनकै निजी निवास निवास बूढानीलकण्ठमा समितिले प्रतिवेदन बुझाएको हो ।

देउवाले प्रतिवेदन बुझ्दे अब महाधिवेशनको प्रक्रियामा कुनै पनि तल माथि नहुने समेत बताएको बुझिएको छ ।

क्रियाशील सदस्यता विवाद समाधान समितिलाई भदौ २ गत प्रतिवेदन बुझाउन भनिएपछि आज पाँचौँ दिनपछि समितिले प्रतिवेदन बुझाएको हो ।

यही भदौ १८ गते कांग्रेसले वडा अधिवेशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरिसेकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर