नेकपा एकीकृत समाजवादीको विधान : पार्टीको पदाधिकारी तथा अध्यक्ष राष्ट्रिय परिषद्ले चुन्ने — OSNepal

नेकपा एकीकृत समाजवादीको विधान : पार्टीको पदाधिकारी तथा अध्यक्ष राष्ट्रिय परिषद्ले चुन्ने

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको आज बसेको केन्द्रिय किमिटको बैठकले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको निणर्य गरेको छ ।

हिजोबाट काठमाडौंको चन्द्रगीरीको एक रिर्सोटमा सुरु भएको बैठकमा प्रस्तुत विधानअनुसार अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन् । जसमा उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् ।

पार्टी केन्द्रीय कमिटी र केन्द्रीय आयोगका पदाधिकारी एवम् सदस्यहरूको निर्वाचन राष्ट्रिय परिषद्को
बैठकले निर्णण गरे बमोजिम हुनेछ ।प्रदेश कमिटी र प्रदेश आयोगका पदाधिकारी एवम् सदस्यहरूको र पार्टी सम्बद्ध जन संगठनकाकेन्द्रीय पदाधिकारी एवम्सदस्यहरूको निर्वाचन केन्द्रीय निर्वाचन आयोगले गराउनेछ ।पार्टीका जिल्ला तथा नगर र गाउँ कमिटीका पदाधिकारी एवम् सदस्यहरूको र पार्टी सम्बद्ध जन संगठनका प्रदेश तथा जिल्ला पदाधिकारी एवम् सदस्यहरूको निर्वाचन प्रदेश निर्वाचन आयोगले गराउने प्रस्तावित विधान उल्लेख गरिएको छ ।

प्रस्तावित विधानमा भनिएको छ ,’हरेक ५ वर्षमा हुने महाधिवेशन हुन्छ, जसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्नेछ । परिषद्मा प्रत्येक जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र बराबर, एक महिला तथा एक दलित हुनेछन् । पार्टीको जनसंगठनबाट एक–एक जना तथा महिला, युवा र विद्यार्थी संंगठनबाट तीन–तीन जना, अन्य जनसंगठनबाट एक–एक जना, प्रदेश सम्पर्क कमिटीबाट एक–एक जना र खुला १०० जना राष्ट्रिय परिषद्का सदस्यहरु महाधिवेशनबाट चयन गर्नेछ’ ।

राष्ट्रिय परिषद्का सदस्यहरुले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ ।पार्टीको अध्यक्ष र पदाधिकारीहरु पनि राष्ट्रिय परिषद्बाट चुनिने जनाइएको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको विधान यस्तो छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर