पार्टी सनाखतको लागि जाँदै गर्दा रामकुमारीले भनीन् - कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन भन्ने राजनीतिक विषयहरूको छलफलमा छौं — OSNepal

पार्टी सनाखतको लागि जाँदै गर्दा रामकुमारीले भनीन् – कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन भन्ने राजनीतिक विषयहरूको छलफलमा छौं

LC (KTM) August 24, 2021 0

काठमाडौं ८ भदौ । प्रस्तावित नयाँदल नेकपा एकिकृत समाजवादी की नेत्रृ रामकुमारी झाक्रीले निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या निवेदन दर्ताको दिन भन्दा बढेको बताएकी छन् ।

भोली बुधबार निवार्चन आयोगले दल सनाखतको लागि माधव नेपाल सहितका नेताहरुलाई बोलाएको छ । आफुहरु नयाँ पार्टीमा पार्टीको अन्तरिम बिधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किनरु भन्ने राजनीतिक विषयहरूको छलफलमा भएको नेत्रृ झाक्रीले समाजिक सञ्जाल मार्फत जानकाी दिएकी हुन् ।

बाहिर चलेको हल्ला जस्तो कानुन बमोजिम संख्या नपुग्ने भन्ने नभएको दावी गरेही उनले दर्ताको दिन भन्दाकेन्द्रीय कमिटी र सांसदहरूको संख्या बढेको बताएकी हुन् । उनले सबैलाई सद्भावको लागि धन्यवाद समेत भनेकी छन् ।

उनले लेखेकी छन्, ‘पार्टीको अन्तरिम बिधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन ? भन्ने राजनीतिक विषयहरूको छलफलमा छौँ। हामी भोली निर्वाचन आयोगमा सनाखत गर्नेछौँ। बाहिर चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन। निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या पनि निवेदन दर्ताको दिन भन्दा बढेको छ। सद्भावको लागि धन्यवाद !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर