दशबुँदे सहमति कार्यान्वयन गर्ने नेकपा एमालेको स्थायी कमिटिको बैठकको निणर्य — OSNepal

दशबुँदे सहमति कार्यान्वयन गर्ने नेकपा एमालेको स्थायी कमिटिको बैठकको निणर्य

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । प्रमुख प्रतीपक्षी दल नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताको लागि तयार पारिएको दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आज अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको स्थायी कमिटिको बैठकले यस्तो निणर्य गरेको हो । माधव नेपालको साथ छोडेका १० जना स्थायी कमिटिका नेताहरुको समेत सहभागी रहेको आजको बैठकमा पार्टी २०७५ जेठ २ को अवस्थामा क्रियाशील हुने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जनाएका छन् ।

आजको बैठकमा पार्टीको दशौं महाधिवेशन १०–१२ मंसिरमा गर्ने तथा विधान महाधिवेशन भने असोज ४ – ६ गतेसम्म गर्ने निणर्य समेत भएको जनाइएको छ ।

बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने समेत भएको छ । आजको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल समेत बनाएको छ ।

उक्त कार्यदलमा कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

अब पार्टीको केसन्द्रि कमिटिको बैठक भदौ १० गते बस्ने समेत निणर्य गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर