मन्दिर हिँडेकी १६ वर्षीया निरुको शव चार दिनपछि मकैबारीमा भेटियो, गाउँ नै शोकमा — OSNepal

मन्दिर हिँडेकी १६ वर्षीया निरुको शव चार दिनपछि मकैबारीमा भेटियो, गाउँ नै शोकमा

LC (KTM) August 25, 2021 0

सुर्खेत, ९ भदौ – कालिकोटको खाँडाचक्र नगरपालिका–६ मा एक किशोरीको शव फेला परेको छ ।

मन्दिर जान्छु भनेर ४ भदौमा घरबाट हिँडेकी १६ वर्षीया निरु विकको शव चार दिनपछि मकैबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शरीरको विभिन्न अंग छुट्टिएको र जंगली जनवारले खाएको अवस्थामा शवव भेटिएको स्थानीय बसन्त सुनारले बताए ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी चक्रबहादुर शाहले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोट लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर