प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ — OSNepal

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ

LC (KTM) August 26, 2021 0

विराटनगर, १० भदौ – प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

यो पनि : क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न देउवामाथि दबाब बढ्दै : नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन अब आठ दिन मात्र बाँकी छ । कांग्रेसले जारी गरेको महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ गते वडा तहको अधिवेशन हुनेछ । सोही अधिवेशनले कांग्रेसमा भाग लिने महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ । तर, एक साता मात्र बाँकी छँदा पनि कांग्रेसले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन ।

कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना र अनशन सुरु गरेको आज तेस्रो दिन भइसक्यो । जिल्ला सभापतिहरूको रिले अनशनलाई केन्द्रीयस्तरका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नेता रामचन्द्र पौडेल, गगन थापालगायत पार्टी कार्यालय पुगी उनीहरूको मागमा समर्थन जनाएका हुन् ।

कांग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवाद करिब करिब टुंगो लागे पनि अहिले सूची सार्वजनिकको विषयलाई लिएर विवाद देखिएको छ । अब धनुषा र सर्लाही गरी दुई जिल्लामा मात्र केही क्रियाशील सदस्यको विवाद थाती छ । विवाद देखिएका ठाउँमा पुरानै क्रियाशील सदस्यताअनुसार अधिवेशन गर्न सकिने कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले प्रतिवेदन तयार गरी सभापति शेरबहादुर देउवा र नेता पौडेललाई बुझाएको छ । प्रतिवेदन बुझाएको भोलिपल्टैदेखि जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गर्दै धर्ना र अनशनमा बस्नुले फेरि पनि महाधिवेशन सर्ने त होइन भन्ने चिन्ता उत्पन्न भएको देखिएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी सभापति देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधानअनुरुप हुन नसकेको आरोप लगाएका छन्। मंगलादेवी सिंहको २५औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघ काठमाडौंले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधानअनुरुप वितरण नभएकाले समस्या देखिएको बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर