ओली गुटले पार्टी फुटाउन गरेको कामलाई उल्टाउन खोजेका थियौँ तर आफ्नै समुहका साथीहरुले आत्मसमर्पण गरेकाले उल्टाउन सकेनौं — OSNepal

ओली गुटले पार्टी फुटाउन गरेको कामलाई उल्टाउन खोजेका थियौँ तर आफ्नै समुहका साथीहरुले आत्मसमर्पण गरेकाले उल्टाउन सकेनौं

LC (KTM) August 26, 2021 0

काठमाडौं भदौ १० । नेकपा (एकीकृत समाजवादी) का नेता डा. वेदुराम भुसालले नयाँ पार्टीका गठन एमालेभित्रका विकृति, विसंगति गैरकम्युनिस्ट चरित्रविरुद्ध विद्रोह भएको बताएका छन् । आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा उनले अध्यक्ष केपी ओलीले नेताहरुलाई बन्धक बनाएर चन्द्रागीरीको डाँडामा लगेर राखेको विषयमा समेत आपत्ती जनाएका छन् । सबै आफ्नो स्वेच्छाले रिसोर्टमा गएकालेले ओलीले यस विषयमा आपत्त्ती जनाउनु भनेको ओलीको बर्बराहट र पागलपन मात्र भएको बताएका छन् ।

‘अर्को पार्टीका सांसदलाई अपहरण गरेर काठमाडौं ल्याउने केपी ओली रिस र आवेगले बर्बराउँदै हिँडेका छन् । हामी उनको पागलपनको पछि लाग्नु आवश्यक छैन । हामीले कसैलाई बन्धक बनाएका छैनौं । सबै कामरेडहरु स्वेच्छाले रिसोर्टमा जानुभएको हो । सबै संघीय सांसद प्रस्तावित केन्द्रीय कमिटीको सदस्य भएकाले भौतिक दूरी कायम गरेर हामीले पार्टीको विधान, घोषणापत्र र नियमावलीबारे डेढ दिन बहस र छलफल गरेका हौं ‘ उनले भने ।

आफ्नै समुहका नेताहरुले आत्मसमर्पण गरेकाले ओली गुटले गरेको कामलाई उल्ट्याउन नसकेको बताएका उनले कोहि गएर आफ्नो शत्तिमा केहि नहुने समेत स्पष्ट पारेका छन् । ‘हाम्रो शक्तिले नेतृत्वमा पुगेका कतिपय साथीहरु पलायन भएका छन्, निष्ठाच्यूत भएका छन् । हिजोको अडान छाडेर ओलीसँग आत्मसमर्पण गरेर गएका छन् । तिनका कारण हाम्रो शक्तिमा खासै प्रभाव पर्ने छैन , उनले कार्यक्रममा अघि भनेका छन् , पाँच सात जना नेतामात्र नभएका हुन् । तिनलाई नेता बनाउने तलका हजारौं कार्यकर्ता हामीसँगै छन् । कमरेड झलनाथ खनाल, माधव नेपाल हामीसँगै छन् ।’

सरकारमा जान पार्टी फुटाएको होइन शेरबादुर देउवा सडकमा नआउँदा पनि संसद्, संविधान, लोकतन्त्र र मुलुक बचाउन आफुहरु लागि परेका थियौँ । भीम रावल , गोकर्ण विष्ट लगायतका नेतालाई लक्षित गर्दै भुसालले भने , ‘नेकपा एमालेलाई फुटाउने काम २०७७ फागुन २८ गते नै ओली गुटले गरेको हो । हामीले उल्टाउन खोजेका हौं । तर हामीभित्रैका साथीहरुले आत्मसमर्पण गरेकाले उल्टाउन सकेनौं । र अहिलेको स्थिति आयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर