नेपालमाथि बाँस्कोटाको व्यंग्य : पुलमुनीको खेत कित्ता नं १६६ मा न त बन्छ घर न फल्छ धान मकै — OSNepal

नेपालमाथि बाँस्कोटाको व्यंग्य : पुलमुनीको खेत कित्ता नं १६६ मा न त बन्छ घर न फल्छ धान मकै

LC (KTM) August 26, 2021 0

काठमाडौं १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपालको नयाँ नेकपा एकिकृत समाजवादी पार्टीलाई पुलमुनिको खेतमा न त बन्छ घर न फल्छ धान मकै भन्दै व्यंग्य गरेका छन् ।

हिजो बुधाबार निवार्चन आयोगले १६६ नं मा नेपालको नेकपा एस पार्टी दर्ता गरेपछि नेता बाँस्कोटाले यस्तो ट्वीट गरेका हुन् । नेता बाँस्कोटाले घुमाउरो शैलीमा पार्टीमा प्रवेश गर्ने नेताहरुलाई समेत पसीना पानीमा मल बीऊ बाढीमा हात मात्रै टाउकोमा होली नि भन्दै टिप्पणी समेत गरेका छन् ।

प्रचण्डमा विलिन हुनलाई यस्तो गरेको समेत उनले नेपाल माथि आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘पुलमुनीको खेत कित्ता नं १६६ वाला लालपुर्जे काका दंगदास भैराथे।किन रै छ भनेको त चार मैहिनामै प्रचण्डमै विलीन हुन रैछ।हे!राम, राम, राम पुलमुनीको खेतमा न त बन्छ घर न फल्छ धान मकै। पसीना पानीमा मल बीऊ बाढीमा हात मात्रै टाउकोमा !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर