कोब्रा काटेर सुप बनाउन थाले यि सेफले, तर काटिएको कोब्राको टाउकोले टोकेर गयो ज्यान, रेस्टुरेन्टमा खैलाबैला — OSNepal

कोब्रा काटेर सुप बनाउन थाले यि सेफले, तर काटिएको कोब्राको टाउकोले टोकेर गयो ज्यान, रेस्टुरेन्टमा खैलाबैला

LC (KTM) August 26, 2021 0

काठमाडौं। कोब्रा सर्पले टोकेर मृत्यु भएका उदाहरणहरु धेरै छन् । तर टाउको काटिएको सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । खबर हो दक्षिणी चीनको ।

दक्षिणी चीनको एक रेस्टुरेन्टमा काम गर्ने सेफलाई टाउको काटिएको कोब्राले टोकेर निधन भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । ति सेफले कोब्राको टाउको काटेर छुट्टै राखे । त्यसपछि ती सेफ सर्पको बाँकी शरीरको सुप बनाउने तयारीका लागि करिब २० मिनेट खर्चिए ।

सुप बनाइ सकेर काटिएको टाउको फाल्न खोज्दा उक्त टाउकोले टोकेर ति सेफ गम्भिर घाइते भए । दक्षिणी चीनको ग्वानडोंग प्रान्तको फोशान सहरका सेफ पेंग फेनको उपचारका क्रममा निधन भएको डेलीस्टारले जनाएको छ ।

एक ग्राहक जन्मदिनको अवसरमा रेष्टुरामा गएको र खाना खाइरहेका बेला अचानक हल्लाखल्ला भएर जाँदा सेफ ढलिरहेको अवस्थामा देखेपछि उनलाई अस्पताल लैजाने तयारी गरिएको थियो । अस्पतालबाट डाक्टर नै आउँदा छिटो हुने भन्दै होटल मालिकले डाक्टरलाई नै होटलमा बोलाए । तर डाक्टर आउँदा सेफ पेंग फेनको निधन भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर