सभामुख सापकोटा र निवार्चन आयोग विरुद्ध नेकपा एमाले अदालत जाँदै — OSNepal

सभामुख सापकोटा र निवार्चन आयोग विरुद्ध नेकपा एमाले अदालत जाँदै

LC (KTM) August 26, 2021 0

काठमाडौँ १० भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अदालत जाने भएको छ ।

आफ्नो पार्टीले कारवाही गरेको सांसदहरुले दर्ता गरेको दल निवार्चन आयोगले मान्यता दिएको भन्दै एमाले अदालत जान लागेको हो ।

आज बिहिबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको पार्टीको बैठकले
कानूनबमोजिम गरिएको कारवाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले अघि नबढाएको र पार्टीबाट कारवहीमा परेका सांसदहरुले दर्ता गरेको दललाई मान्यता दिएको निवार्चन आयोग विरुद्ध अदालत जाने निष्कर्ष निकालेको पार्टीका सचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकमा तत्काल १० बुँदे सहमतिलाई कार्यान्वयन गरी जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन समेत गरेको ज्ञवालीले बताएका छन् ।

महासचिव ईश्वर पोखरेल को नेतृत्वमा गठन गरिएको कार्यदलमा विष्णु पौडेल,गोकर्ण विष्ट रटोपबहादुर रायमाझी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर