कांग्रेस आगामी डेढ वर्षभित्र जनतामा आशा जगाउँदै विश्वास बोकेको पार्टी हुनेछ : उपसभापति निधि — OSNepal

कांग्रेस आगामी डेढ वर्षभित्र जनतामा आशा जगाउँदै विश्वास बोकेको पार्टी हुनेछ : उपसभापति निधि

LC (KTM) August 27, 2021 0

काठमाडौँ ११ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनको लागि सचिवालय र सम्पर्क कार्यालय स्थापना गरेका छन् । सभापतिको सम्मेदवारमा दावी गर्दै आएका निधिले आज शुक्रबार औपचारिक कार्यक्रम गरी सचिवालय र सम्पर्क कार्यालय बनाएका हुन् ।

उनले आफु कसैलाई हराउन सभापतिमा सम्मेदवार नभएको भन्दै हिमाल, पहाड, मधेस तराई सबैको देश, सबैको कांग्रेस’ नारा दिएर अघि बढ्ने बताएका छन् । अब कांग्रेसले संविधानलाई अविभावकत्व दिने ग्यारेन्टी गर्नुपर्ने भन्दै संविधान लावारिस नभएको स्पष्ट पारेका छन् ।

‘यो संविधान लावारिस छैन । संघीयता र समावेसिता लावारिस छैनन्, यसको स्वामित्व लिने नेपाली कांग्रेस पार्टी छ, कांग्रेस गुटको छिना झप्टीबाट बाहिर निस्किँदैछ, नेपाली कांग्रेस आगामी डेढ वर्षभित्र जनतामा आशा जगाउदै विश्वास बोकेको पार्टी बन्नेछ ।’

विगतको सरकार र पार्टी संविधान र आन्दोलनको उपलब्धीप्रति इमान्दार नभएका कारण जनतामा निराशा फैलाउने काम भएको भन्दै संविधान र संघीयता अनि समावेशितालाई कमजोर पार्ने प्रयास भएको दावी गरेका छन् ।

कांग्रेस आगामी डेढ वर्षभित्र जनतामा आशा जगाउदै विश्वास बोकेको पार्टी बन्नेमा निधिले स्पष्ट समेत पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर