भारतका तर्फबाट बाढीपहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण — OSNepal

भारतका तर्फबाट बाढीपहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण

LC (KTM) August 27, 2021 0

काठमाडौं, ११ भदौ- भारतीय दूतावासले बाढीपहिरो पीडित परिवारका लागि नेपाल–भारत महिलामैत्री समाजलाई राहत साम्रगी हस्तान्तरण गरेको छ ।

दूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले भारत सरकारको तर्फबाट राहत सामग्री शुक्रवार एक समारोहबिच समाजका अध्यक्ष तथा सांसद चन्दा चौधरीलाई हस्तान्तरण गरेकी हुन् ।

भारत सरकारले नेपालका १५ जिल्लाका बाढीपहिरो प्रभावितका लागि आर्थिक सहयोगस्वरूप ८ करोडबराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

त्यस्तै भारत सरकारको तर्फबाट मिसन उपप्रमुख नामग्या खम्पाले प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई पनि राहत सामग्री हस्तान्तरण गरेकी छन् ।

१५ जिल्लाका बाढीपहिरोबाट प्रभावित परिवारका लागि टेन्ट, प्लास्टिक सिट, स्लिपिङ म्याट र औषधिहरू राहतस्वरूप उपलब्ध गराउन लागिएको दूतावासले जनाएको छ ।

नेपाल–भारत महिलामैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषदमार्फत स्थानीय सरकारसँगको समन्वयमा राहत सामग्री पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर