खतरो के खेलाडीमा भाग लिईरहेका यी दुई बीच भयो प्रेम , सना मकबुल संग डिनर डेटमा बिशाल — OSNepal

खतरो के खेलाडीमा भाग लिईरहेका यी दुई बीच भयो प्रेम , सना मकबुल संग डिनर डेटमा बिशाल

LC (KTM) August 29, 2021 0

खतरो के खेलाडी ११ का प्रतिष्पर्धी बिशाल आदित्य सिंह र सना मकबुलबीचको डेटिंगले यतिबेला सामाजिक सञ्जाल तातिएको छ । शो का प्रतिष्पर्धीहरुले कैयौ पटक सना र बिशाललाई एक अर्काको नाम संग जोडेर जिस्काई रहेका हुन्छन् । यसैबीच उनीहरु दुबै जनालाई एकै साथ डिनर डेट गरिरहेको बेला भेटिएको छ ।

सना तथा बिशालको डेटिंगको खबर फ्यानहरु लाई साँचो लाग्न थालेको छ । यसैबीच बिशाल संग पत्रकारले कहिले बिबाह गर्ने भनेर सोधिरहदा उनले जवाफ दिए– बिबाह थोरै हो र , निकाह हुन्छ । केटी त हेर , पागल छौ कि क्या हो ? सना एक मुस्लिम केटी हुन् । मुस्लिम समुदायमा बिबाह लाई निकाह भनिन्छ ।

यसै कारण बिशालले बिबाहको ठाउँमा निकाह शब्द प्रयोग गरेका हुन् । फ्यानहरुलाई यो कुराले एकदमै कौतुहलतामा राखिदिएको छ । फ्यानहरुले यो अनुमान गरेका छन् कि बिशालको इशारा सना तर्फ थियो ।

त्यस्तै पत्रकारले बिशालको मम्मी अर्थात अर्की प्रतिष्पर्धी श्वेता तिवारीलाई उनीहरुको रिलेशनसिपको बारेमा प्रश्न गर्दा उनले हाँस्दै यस्तो जवाफ दिन्छिन्– म के भन्नु , उसलाई केटी भेटिई भने राम्रो हो नि । अचेलको बच्चाहरु आमा बुवा संग सोधेर केही पनि गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर