कमेडी च्याम्पियन : भरतमणी भन्दा बिक्की लाई दर्शकको साथ , एक दर्शक भन्छन् – पन्तलाई अर्काे सिजनमा जज नराखेमा खुशी हुने को को छौ ? — OSNepal

कमेडी च्याम्पियन : भरतमणी भन्दा बिक्की लाई दर्शकको साथ , एक दर्शक भन्छन् – पन्तलाई अर्काे सिजनमा जज नराखेमा खुशी हुने को को छौ ?

LC (KTM) August 29, 2021 0

नेपालकै अग्र्यानिक शो मानिएको कमेडी च्याम्पियनको सिजन २ यतिबेला सामाजिक सञ्जालमा निक्कै चर्चित रहेको छ । बिशेषत शनिबार प्रशारण भएको यस शो को एपीसोडले पुरै तरंग ल्याएको छ । यस शो का मुख्य प्रतिष्पर्धीका रुपमा देखिएका ताप्लेजुंगका भरतमणी नेपाल र सिक्कीमका बिक्की अग्रवालले सामाजिक सञ्जालमा यतिबेला छाएका छन् ।

शनिबारको एपिसोडमा पुर्व युवराज पारष शाहको क्यारिकेचर गरेका भरतमणी त झन् भाइरल नै भएका छन् । उनको यो क्यारीकेचरले टिकटकमा कब्जा नै जमाएको छ । उनले दुरुस्तै पारसको क्यारीकेचर गरेर अहिलेका नेताहरुलाई दह्रै दनक पनि दिएका थिए । यहि एपिसोडमा बिक्कीले भने आफु फाइनलमा पुग्नका लागि नभएर यो शो मा एउटा बेग्लै कमेडी जनराको प्रयोग गर्छू भन्दै पेन्टोमाइम बिधाको प्रयोग गरेका थिए ।

यो बिधा नेपालमा नचलेको नजानेको बिधा रहेकोले कोही पनि हाँसेनन् जति पारसको क्यारिकेचरले हसाँयो । प्रतिस्पर्धी विक्की अग्रवालले गरेको ‘प्रयोग’ र प्रतियोगिताका निर्णायक सन्तोष पन्तले गरेको कमेन्टले भने पुरै चर्चा कमाएको छ । आफैले बिक्कीको कमेडी नबुझेको र अब आइन्दा देखी नेपालीले बुझने कमेडी गर्नु भन्ने सुझाव दिए ।

निर्णायक तहमा बसेको निर्णायकले नै पेन्टोमाइमको भाव र शैली नबुझे पछि ठुलै बेईज्जत भएको छ सन्तोष पन्तको । सन्तोष पन्तलाई गाली गर्ने र बिक्कीको पक्षमा बोल्नेहरु सामाजिक सञ्जालमा एकदमै धेरै देखिएका छन् । केहीले बिक्कीले गरेको नयाँ प्रयोगमा हाँस्य रस नभएको भनेर तर्क गरे पनि धेरैले उनको प्रयोग र पेन्टोमाइम विधालाई कार्यक्रमका जजहरू नै नचिनेको भनेर टिप्पणीहरू गरिरहेका छन् ।

अहिले यो भिडियोले युटुबको ट्रेण्डिङ वान नै ओगटेको छ । युटुबमा आएका धेरै कमेन्टहरु बिक्कीको पक्षमा रहेका छन् । सन्तोष पन्तलाई गालीको बर्षा नै आएको छ । एकजना युजर लेख्छन्– सन्तोष पन्तलाई अर्काे सिजनमा जर्ज नराखेमा खुशी हुने को को छौ । त्यस्तै अर्का एक जना युजरले बिक्किको समर्थन गर्दै भनेका छन् – बिक्की एकदमै रचनात्मक रहेका छन् । उनले सधै केही नयाँ दिने प्रयास गरिरहेका छन् ।

सन्तोष पन्त प्रति ब्यंग गर्दै अर्का युजर लेख्छन् – सन्तोष पन्त लाई खुचिङ गर्न पनि १ हजार भोट बिक्की लाई । बिक्की अगाडी बढ । हिजोको प्रस्तुती संगै भरतमणी भने फाईनल पुगिसकेका छन् । केहीले भरतमणीले क्यारीकेचर मात्र गरेको र उसले कहिल्यै बिक्किको जस्तो प्रयोग नगरेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर