यो फिलमबाट नै रातारात स्टार बनेका थिए अभिनेता शाहरुख खान — OSNepal

यो फिलमबाट नै रातारात स्टार बनेका थिए अभिनेता शाहरुख खान

LC (KTM) August 30, 2021 0

ड्रग्स मामलामा बलिउड कलाकार अरमान कोहलीलाई एनसीबीले शनिबार बेलुका गिरफ्तार गरेको छ । अरमानले १९९२ मा फिल्म बिरोधी बाट बलिउडमा डेब्यु मारेका थिए । तर भाग्यले उनलाई साथ दिएन । फिल्म बाट दुरी बनाएका उनले केही बर्ष पछि फेरी दोस्रो पटक फिल्म जानी दुश्मन खेले ।

उक्त फिल्मले बक्स अफिसमा खराब तरिकाले पिटीएको थियो । फिल्म फ्लप भएपछि अरमानलाई एक मौका यस्तो मिलेको थियो कि जस्ले उनको जिन्दगी लाई युर्टन गर्न सक्थ्यो । यो थियो १९९२ मा रिलीज भएको फिल्म दीवाना । यस फिल्ममा शाहरुखको ठाउँमा अरमानलाई अफर गरिएको थियो ।

अरमानले एक अन्र्तबार्तामा भनेका थिए कि – यदि हामी पछि पर्खिएर आफ्नो काम लाई हेर्यौ जो हामीले गर्न सक्थ्यौ भन्ने लाग्यो भने जिन्दगी नरक बन्छ । यस कारण मलाई कुनै पछुतो छैन । मैले दिवाना फिल्म नगरेकै कारण आज देशलाई शाहरुख जस्तो सुपरस्टार मिलेको छ । मलाई यो कुरामा कुनै आपत्ति छैन ।

उनले दिवाना फिल्म बाहेक अरु धेरै फिल्महरु पनि गुमाएका थिए । उनले जुन जुन फिल्म छोडे त्यो फिल्म एकदमै सुपर डुपर हिट भएका थिए । सन् २०१६ मा एक शो मा बोल्दे शाहरुख खानले आफ्नो करियर बनिनुमा अरमान कोहली प्रमुख रहेको बताएका थिए ।

उनले भनेका थिए– म आज स्टार छु त यस्को जिम्मेवार अरमान कोहली नै हुन् । उनी दिवंगत अभिनेत्री दिब्या भारतीको साथमा दीवाना फिल्मको पोष्टरमा समेत देखिएका थिए । म संग अहिले पनि पोष्टर छ । धन्यवाद मलाई स्टार बनाई दिएको मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर