निर्देशक बाबु बलामीको निर्देशनमा नयाँ वेब सिरिज ‘क्रियापुत्री’ बन्ने, गणेश मन्दिरमा मुहुर्तसँगै छायांकन सुरु — OSNepal

निर्देशक बाबु बलामीको निर्देशनमा नयाँ वेब सिरिज ‘क्रियापुत्री’ बन्ने, गणेश मन्दिरमा मुहुर्तसँगै छायांकन सुरु

LC (KTM) August 30, 2021 0

काठमाडौं । निर्देशक बाबु बलामीको निर्देशनमा नयाँ वेब सिरिज ‘क्रियापुत्री’ बन्ने भएको छ । सिरिजको सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै छायांकन सुरु भएको छ ।

शिबानी बलामीको प्रस्तुति रहेको वेब सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभिनय रहनेछ ।

निर्देशक बलामीले सिरिजमा आमाबाबुको निधनपछि क्रियाकर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन् र क्रियाकर्म गर्न नसक्ने वर्गलाई कसरी सहयोग गर्छिन् भन्ने कुरा देखाइने बताए ।

शिबानी बलामी, रवीराज आचार्य र बद्री शाह निर्माता रहेको सिरिजमा पारस कुँवरको लेखन, सौखिन तिमिल्सिनाको सम्पादन, जीवन श्रेष्ठको छायांकन, तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर